‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ थपलियालाई


काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष शोभित थपलियालाई प्रदान गर्ने घोषणा गरेको छ। क्लिकमाण्डू डटकमका थपलियालाई नेफ्स्कूनले पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको हाे ।

नेफ्स्कुनको ३६औं स्थापना दिवसको अवसरमा आज (विहिबार) आयोजित औपचारिक कार्यक्रममा सो पुरस्कार घोषणा गरेको हो ।

पत्रकारितामार्फत सहकारी अभियानको प्रबद्र्धन र सहकारी पत्रकारितामा उल्लेख्य योगदान पुर्याएको भन्दै थपलियालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।