काठमाडौँ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायामको लागि टोटल फिटनेस सेन्टरसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र फिटनेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक श्री सुमन पण्डितले हस्ताक्षर गरेका हुन् ।
क्यापिटलका ग्राहकहरुले फिटनेस सेन्टरमा सेवा लिदाँ २८% सम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर टोटल फिटनेस सेन्टरलाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् ।
यो टोटल फिटनेस सेन्टर काठमाडौंको नयाँ बानेश्वरमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्