आजदेखि हकप्रद सेयर जारी गर्दै सिनर्जी पावर


काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आज देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दै छ । कम्पनीले आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले २ः१ अनुपातमा १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।

उक्त हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
कम्पनीले उक्त हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटललाई दिएको छ ।

लगानीकर्ताले उक्त हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

्हाल ८० करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद ाजरी गरिसकेपछि १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । छ ।