६.२३ अर्ब रुपैयाँको ट्रेजरी बिल नबिकरण गर्दै नेपाल राष्ट्र बैंक


काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन ६ अर्ब रुपैयाँ भन्दा माथिको ट्रेजरी बिल जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने जनाएको छ ।

ट्रेजरी बैंकले भदौ ५ गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ । यी ट्रेजरी बिल क्रमशः मंसिर ५ गते र २०८१ भदौ ४ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।