कुमारी बैंकको साढे ७ लाख कित्ता सेयर लिलामीमा


काठमाडौं । कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा रहेको छ ।

बैंकले संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको जनाएको छ ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्ने छ । अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

लगानीकर्ताले भदौ १९ गतेसम्म उक्त बोलपत्रमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै लगानीकर्ताले बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाडौ लाजिम्पाटस्थित कार्यालयमा गएर बोलपत्रमा आवेदन दिन सक्नेछन् ।