एमआरबी भ्लग्स बन्यो १० लाख सब्स्क्राइबर पुग्रे पहिलो मोटोभ्लगर


काठमाडौँ । नेपाली मोटोभ्लगर विविदजंग थापा अर्थात (एमआरबी भ्लग्स) युट्युबमा १० लाख सब्स्क्राइबर पुग्ने पहिलो नेपाली मोटोभ्लगर बनेका छन् ।

उनको युट्युब च्यानल (एमआरबी भ्लग्स)ले हालै सो माइलस्टोन हासिल गरेको हो । मोटो भ्लगिङ र राइडिङमा राम्रो छाप बनाएका थापा आफूलाई मोटो भ्लगरको रूपमा चिनाउन चाहन्छन् ।

उनका फ्यानहरूले पनि उनलाई मोटो भ्लगर नै भनेर चिन्छन् । उनी बाइक रेसिङ र यस सम्बन्धी अन्य विधामा समेत शौखिन छन् । हालै उनले सुरक्षा केसीसँग इन्गेजमेन्ट समेत गरेका छन् ।

विशेष गरी युवा पुस्ता माझ उनी चर्चित छन् । पहिले बाइक स्टन्ट र अन्य यस्तै भिडियोहरू राखेर उनले शुरु गरेको युट्युब च्यानलमा २०७७ सालमा २ लाख २० हजार जति सब्स्क्राइबर थिए । हाल उनकाे युट्युब च्यानल १० लाख सब्स्क्राइबर पुगेका छन् ।