नेप्से १७ अंकले बढ्दा कारोबार रकम भने डेढ अर्ब मुनी


काठमाडौं । साताका कारोबारको तेस्रो दिन सेयरमबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १७.६९ अंकले बढेर २०१५.९८ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.३६ अंकले ३८५.९८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ कम्पनीहरुमध्ये सबै कम्पनीको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेडको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ ।
बैंकको २८ करोड ५९ लाख १९ हजार ६ सय ६ रुपैयाँको कारोबार भएको छ ।

मंगबार कुथेली बुखरी स्मल हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ४.४२ प्रतिशतले घटेको छ ।

कुल २७७ कम्पनीको ६ लाख ३१ हजार ३ सय ५६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९ रुपैयाँको कारोबार भएको छ ।