सिटिजन लाइफको आइपीओमा भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आवेदन दिन सकिने


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्रिमियममा आइपिओ जारी गर्ने भएको छ । प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा इन्स्योरेन्सलेृृ सर्वसाधारणको लागि आइपीओ जारी गर्न लागेको हो ।

जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो।

सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरिसकेको छ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि तथा ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा भने भदौ २९ गतेसम्म म्याद थप हुनेछ ।