हिमालयन बैंकको १५ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । हिमालयन बैंकका संस्थापक सेयरधनीहरुले १५ लाखभन्दा बढस् संस्थापक सेयर बिक्री गर्न लागेका छन् ।

बैंकका तीन जना संस्थापक सेयरधनी प्रदिप कुमार विडारी, प्रभा गोयन्का र जस्मिन तण्डुकारले आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् ।

संस्थापक सेयरधनी प्रदिप कुमारी विडारीले ३५ हजार ९८०, प्रभा गोयन्काले १४ लाख ५१ हजार १८४ कित्ता र जस्मिन तन्डुकारले ५२ हजार ९१० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

राष्ट्र बैंकको निर्देशन बमोजिम खरिद गर्नको लागि पहिलो प्राथमिकता हाल संस्थापक सेयरधनीहरुले निवदेन दिन सक्नेछन् । हिमालयन बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा ३५ दिन भित्र निवदेन दिन सकिने जनाइएको छ ।

तोकिएको मितिमा संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री प्रकृया अगाडी बढाउने उल्लेख गरेको छ ।