रोयल इन्फिल्डले गर्यो २०२५ सम्म पहिलो विद्युतीय बाइक लन्च गर्ने घोषणा


काठमाडौँ । रोयल इन्फिल्डले सन् २०२५ सालसम्म विद्युतीय बाइक लन्च गर्ने भएको छ । रोयल इन्फिल्ड माेटर लिमिटेडका कार्यकारी निर्देशक सिद्धार्थ लाले केही दिन अघि रोयल इन्फिल्डको पहिला विद्युतीय बाइक लन्च गर्ने घोषण गर्ने बताएका हुन् ।

उनले भारतिय सञ्चारमाध्यमसँग कुरा गर्दै २०२५ सम्म उक्त बाइक लन्च गर्नको लागि कम्पनीले कडा मिहिनेत गरेको बताएका छन् । पहिलाे चरणमा १ लाख ५ हजार यूनिटको निर्माण गर्ने कम्पनीले जनाएको छ ।

निर्देशक लालले विद्युतीय बाइक लन्च गर्ने आफूहरूले कुनैपनि हतार नगर्ने र बजारमा आफूहरूको अन्य कुनैपनि कम्पनीसँग प्रतिस्पर्धा नरहेको बताएका छन् ।