धितोपत्र दर्ता तथा निष्काशन नियमावली संसोधन गर्न मन्त्रिपरिषदको स्वीकृति


काठमाडौं । सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संसोधन) नियमावली २०८०) स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

नेपाल धितोपत्र बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो । नियमावली स्वीकृत भएसंगै कम्पनीहरुले आईपीओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको बोर्डले जनाएको छ ।