काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दराज मन्तली पे डे योजना” अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।
ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भदौ २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु. ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ७५० सम्मको छुट प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकका अनुसार उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्