एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता नेपालमा हुँदै


काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले ५५ औ एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले पहिलो पटक नेपालमा एशियन च्याम्पियनशिप गर्न लागेको हो ।
स प्रतियोगितामा हाल सम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाइसकेको उल्लेख गरिएको छ ।

एशियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । एशियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको छ । प्रतियोगिता याक एण्ड यति होटलमा हुने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रीले भाद्र १८ गते गर्ने र उक्त दिन १६ वटा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।

र सोही दिन नतिजा आउने छ । उक्त दिन १४ जना नेपाली खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

भाद्र १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुनेछ र सोही दिन नतिजा आउने छ । उक्त दिन २४ जना नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

भाद्र २० गते मि. एशिया २०२३ को घोषणा गरिने उल्लेख गरिएको छ ।