काठमाडौँ । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा खुलेको छ । आज (बुधबार) देखि सुरू भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या सात पुगेको छ ।
स्टोरको उद्घाटन बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका हुन् । माटोका अध्यक्ष पवन कुमार गोल्यानले किसानका भोगाइ र संघर्षको जिवन्त अवलोकन पछि किसान र उपभोक्ताबिच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरेको बताए । किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिन यस क्षेत्रमा लागेको उनकाे भनाइ छ।
स्टोरको उद्घाटनको अवसरमा ग्राहकलाई विशेष छुट दिइएको छ। स्टोरमा अर्ग्यानिक र विषादीरहित उत्पादन पाइन्छ । माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको कम्पनीले जनाएकाे छ । आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य सहित माटो ब्राण्ड २०७५ सालमा स्थापना गरिएकाे हो।
देशभरका स्थानीय फार्महरूबाट स्रोत गरिएका प्रत्येक उत्पादनले र प्रामाणिक स्वाद झल्काउने लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, इलामको शुद्ध गाईको घ्यू र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन माटोले प्रोत्साहन गरिरहेको कम्पनीले जनाएकाे छ ।
माटोका स्टोरहरूमा आशापुरी अर्ग्यानिकका उत्पादनहरू पनि खरिद गर्न सकिनेछ। आशापुरी विगत दुई दशकदेखि प्रांगारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हालै मात्र गाेल्याण ग्रुपका अध्यक्षसमेत रहेका पवल गाेल्याणकाे नेतृत्वमा जनता एग्राे एण्ड फरेष्ट्री लिमिटेड कम्पनीकाे मातहतमा माटाे र आशापुरी ल्याइएकाे छ। जनता एग्राे ५ अर्ब पुँजीकाे कृषि कम्पनीकाे रूपमा स्थापना भइ सञ्चालनमा रहेकाे छ।
माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन् । हाल बूढानीलकण्ठसँगै बानेश्वर, नक्साल, नारायणथान, गोल्फुटार तथा ललितपुरको झम्सिखेल र सानेपामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी सेवा पनि दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्