नेप्से ३१ अंकले घट्दा डेढ अर्ब रुपैयाँको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयरमापक सूचक नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.७२ अंकले घटेर ३८५.५६ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आज कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ७ करोड ८७ लाख ९५ हजार ६ सय ३४ रुपैयाँको कारोबार भएको छ ।

आजको नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको से्यरमूल्य ८.५४ प्रतिशतले घटेको छ ।

कुल २७५ कम्पनीको ४६ लाख ५७ हजार १ सय ३७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६ सय ८५ रुपैयाँको कारोबार भएको छ ।