जाम नेपालकाे अध्यक्षमा गजुरेल, यस्ताे छ नयाँ कार्यसमिति


काठमाडाैँ । जर्नालिष्ट एसोसिएसन अफ अटोमोवाइल मोविलिटी (जाम नेपाल) को अध्यक्षमा मेरो अटोका सागर गजुरेल चयन भएका छन् । 

संस्थाकाे बिहीबार सम्पन्न साधारणसभा तथा अधिवेशनबाट गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकाे हाे। जाम नेपालकाे कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।  

संस्थाकाे उपाध्यक्षमा आर्थिक आवाजका सुरेन्द्र पौडल, महासचिवमा अटोमोवाइल म्यागेजिनका तोयानाथ पौडेल, सचिवमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ र कोषाध्यक्षमा नेपाल खबर डटकमका बसन्त अर्याल चयन भएका छन् । 

सदस्यमा अटो नेपाल म्यागेजिनका रोशन श्रेष्ठ, चाणक्य पोष्ट डटकमका उज्ज्वल घिमिरे, मेरो लगानी डटकमका युवराज बस्नेत, नेपाल ड्राइभ डटकमका सौरभ नेपाल, क्यापिटल नेपाल डटकमका सुधिर भण्डारी, बिजमाण्डु डटकमका शुक्र गिरी र क्लिकमाण्डु डटकमका आरिश्मा मोक्तान चयन भएका छन् । 

जाम नेपालका निवर्तमान अध्यक्ष उज्ज्वलजंग शाह स्वतः कार्यसमितिमा रहने छन् । निवर्तमान अध्यक्षसहित जाम नेपालको कार्यसमिति १३ सदस्यीय रहने छ ।