प्रिमियम मूल्यमा माण्डु हाइड्रोपावरको आइपीओ खुल्यो


काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आइतबारदेखि साधारण सेयर निष्काशन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ विक्री खुला गरेको हो । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

योजना प्रभावित स्थानीयमा १ लाख ९३ हजार ७०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ३६ हजार ३६४ कित्ता, कम्पनीका कर्मचारीहरुको लागि २८ हजार ८५३ कित्ता र ७२ हजार १३३ कित्ता सामूहिका लगानीकोषहरूमा समेत बाँडफाँट गरी १२ लाख ५ हजार ३२० कित्ता आईपीओ सर्वधारणका लागि जारी गरेको हो ।आइपीओमा लगानीकर्ताले भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् भने त्यस अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भदौ २४ गतेसम्म विक्री समय थपिने जनाइएको छ ।