हकप्रद निष्काशन गर्दै एनएलजी इन्स्योरेन्स, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कमपनीले हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

हिजो भाद्र १० गते कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको प्रति सेयर अंकित मूल्य १०० रूपैयाँको दरले १० कित्ता सेयरको ६स्६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २० दशमलव २२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।