‘नाडा अटो साे’ मा स्टल बस सञ्चालन गरिने, प्रवेश शुल्क २ सय रुपैयाँ


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले १५ औं सस्करणको नाडा अटो शो, २०२३ मा सटल बस सञ्चालन गर्ने भएको छ । करिब चार वर्षपछि आयोजना हुँदै गरेको नाडा अटो शोमा निःशुल्क सटल बसको सञ्चालन गर्ने भएको हो ।

दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूको सवारी पार्किङको समस्यालाई ध्यानमा राख्दै पहिलो पटक निःशुल्क सटल बसको व्यवस्था गरिएको मेला संयाेजक अनुप कुमार बरालले जानकारी दिए । यसपटकको नाडा अटो शोमा ठूला तथा साना गरि करिब १२० वटा स्टल र ब्लकहरू रहने छन् ।

यहीँ आउँदो भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डपमा सञ्चालन हुने मेलामा अनलाइन र भौतिक टिकट काट्न सकिने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । योसँगै नाडा अटो शो, २०२३ को टिकट बुकिङ खुल्ला भएको छ ।

यस वर्षको अटो शोको प्रतिटिकटको मूल्य २ सय रुपैयाँ तोकिएको आयोजक नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । तर, विद्यार्थीका लागि भने २५ प्रतिशत छुटसहित प्रतिटिकट १५० रुपैयाँ तोकिएको थापाले जानकारी दिए ।

अटो शोको टिकट बुकिङ तथा अनलाइन डिजिटल पार्टनरमा खल्ती एप रहेको छ । मेलाका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिसकिएको र अनलाइनमार्फत टिकट बुक गर्दा २० प्रतिशत क्यास ब्याक समेत पाइने नाडाले जनाएको छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाइने २२ वटा बाहका दुई पाङग्रे ७ वटा ब्राण्डका नाइट कमशियन मेडिकल ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पाटपुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहेको नाडाले जनाएको छ ।