ढुक्क भएर बैंकहरुमा तरलता छ भन्ने अवस्था छैन: अध्यक्ष बैंकर्स संघ


काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ढुक्क भएर बैंकहरुमा तरलता छ भन्ने अवस्था नरहेको बताएका छन् ।
बैकर्स संघका अध्यक्ष केसीले पत्रकारसँगको भेटघाट कार्यक्रममा पुषबाट ऋणपत्रलाई पुँजीमा राख्ने की निक्षेपमा राख्ने भन्ने अवस्थाको कारण ढुक्क भएर तरलता छ भन्ने अवस्था नरहेको बताएका हुन् ।

उनले भने, “पुषबाट ऋणपत्रलाई पुँजीमा राख्ने की निक्षेपमा राख्ने भन्ने छ । जसले पुँजीमा राख्ने अवस्था हो भने १ खर्ब जति जान्छ । त्यसकारण कर्जा योग्य पुँजी हुँदा पनि धेरै ढुक्क भएर तरलता छ भन्ने अवस्था नदेखिएको हो ।”

उनले तरलता ऋणात्मक रहेको बताएका छन् । क्यास रिजर्भ रेसियो (सिआरआर) को अवधारणाबाट हेर्दा रलता ऋणात्मक रहेको बताएका हुन् । कर्जा निक्षेपको अनुपातबाट हेर्ने हो भने ८३.६३ प्रतिशत हुँदा कर्जा प्रवाह गर्न सक्ने अवस्था भएपनि अहिले तरल सम्पतीे बैंकहरुले ओभरनाइट तरलता सुविधा (ओएलएफ) बाट लिइरहेको उनले बताए ।

स्थानीय तहहरुको बैंकहरुमा राखिरहेको ९० अर्ब रुपैयाँ जति निक्षेप राष्ट्र बैंकमा लिएर जाँदा यसले समस्या परिरहेको उनले उल्लेख गरे । अहिले ९० अर्बको ६० प्रतिशत आउने भन्ने कुरा भइरहेका कारण केही सहज हुन सक्ने उनले बताए । तरलताको हिसाबले अहिले बाहिर भनेको भन्दा फरक अवस्था रहेको उनले बताएका छन् ।

अध्यक्ष केसीले कर्जाको माग पनि नआएको बताए । उनले भने, “कर्जा प्रवाह गर्न सक्ने भएपनि पनि जुन कर्जाको माग आउनु पर्ने हो त्यो माग अहिले पनि देखिरहेको छैन यो पनि माइनसमा रहेको छ तर अभैm पनि अगाडी आउनको लागि २ ३ महिना पर्खन पर्ने स्थिती देखिरहेको छौं ।”

उनले वैदेशिक रोजगार र शिक्षाको लागि विदेशिनेको संख्या बढेको कारण कर्जाको माग नै कम भइरहेको भन्ने बुझाइ रहेको बताए । कर्जाको माग बढ्न नसकेको कारण समग्र बैंकिङ सिस्टममा एनपिए लेबललाई केही बढ्नलाई सहयोग गरिरहेको देखेको उल्लेख गरे ।

उनले साउनबाट भदौसम्म आइपुग्दा निक्षेप घट्ने क्रममा रहेको बताए । उनले साउनदेखि भदौसम्ममा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप घटेको कर्जा पनि ३५ ४० को दिनकमो अवधिमा गत वर्ष भन्दा घटेको उल्लेख गरे ।