स्विजरल्याण्ड प्रसिद्ध आइसक्रिम ‘मुभएनपिक’ अब नेपालमा


काठमाडाैँ । स्विजरल्याण्डको प्रसिद्ध आइसक्रिम मुभएनपिक आइसक्रिम नेपाली बजारमा पाइने भएको छ।

केएल दुगड समूहले आयात गरेकाे मुभएनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कृत्रिम तत्त्व, स्वाद वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिने जनाएकाे छ ।

काठमाडौँको ठमेल स्थित ठमेल-द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन गरिएकाे छ । कम्पनीका अनुसार स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहने छ ।