सेजनकाे अध्यक्षमा ओली, यस्ताे छ नवनिर्वाचित कार्यसमिति


काठमाडाैँ । आर्थिक पत्रकारकाे पुरानाे संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) काे अध्यक्षमा क्यापिटल नेपाल डटकमका सुजन ओली निर्वाचित भएका छन् । 

सेजनको शनिवार सम्पन्न २५ औँ साधारणसभा तथा अधिवेशनबाट निकटतम प्रतिस्पर्धी नेपाल लाइभ अंग्रेजी संस्करणका पत्रकार सिराेमणी ढुंगाना र काराेबार दैनिककी सरू ढकाललाई पछि पार्दै  ओली विजयी भएका हुन्।

सेजनकाे उपाध्यक्षमा ग्यालेक्सी टेलिभिजनका विनय बञ्जारा विजय भएका छन्। बञ्जारा सेताेपाटीडटकममा भागवत भट्टराईलाई पछि पार्दै विजय भएका हुन्।

महासचिवमा गाेर्खापत्र दैनिकका विश्वास रेग्मी निर्विराेध निर्वाचित भएका छन् भने सचिवमा क्लिकमाण्डुडटकमका साेभित थपलिया निर्वाचित भएका छन् ।

काेषाध्यक्षमा अनलाइनखबर डटकमका अच्युत पुरी निर्वाचित भएका छन्। सचिवमा तीन जना र काेषाध्यक्षमा दुई जनाबिच प्रतिस्पर्धा भएकाे थियाे।

संस्थाकाे सदस्यमा राष्ट्रिय समाचार समितिका हेमन्तराज जाेशी, विजमाण्डु डटकमका बसन्तराज उप्रेति, अन्नपूर्णपाेष्टकी ममता थापा, एनएन टेलिभिजनका छवि सापकाेटा र उकालाेडटकमकी केशु लामिछाने निर्वाचित भएकी छिन्।