२० अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले भोली २० अर्ब रुपैयाँ बढीको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। सरकारले राष्ट्र बैंक मार्फत ट्रेजरी बिक्री गरेर २० अर्ब ४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ, १८२ दिनका लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः असोज १६ गते, मंसिर १९ गते, फागुन २२ गते र २०८१ भदौ १८ गते परिपक्व हुनेछन्।

राष्ट्र बैंकले भदौ १९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो।

यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।