नेप्सेमा २९ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक परिसूचक नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रहेको छ ।

कम्पनीको ३८ करोड ८८ लाख ८ हजार १ सय ६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार श्रीस्टार हाइडोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन लिबर्टी इनर्जी कम्पनी र सिटी होटलकाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २७६ कम्पनीको ४० लाख ५३ हजार ३ सय ६८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४ सय १० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।