काठमाडौँ । जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले अत्याधुनिक ल्याण्डलि रिफाइनिङ फुरनेस (एलआरएफ) प्रविधि मार्फत नेपालमै पहिलो पटक प्राईम बिलेट उत्पादनमा ल्याएको छ ।
भूकम्प प्रतिरोधी डण्डी बनाउन प्रयोग हुने प्राईम बिलेट नेपालमै पहिलोपटक जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले उत्पादनमा ल्याएको हो ।
भूकम्पले निकै ठूलो प्रभाव पारेको नेपालमा फि ५००डी गुणस्तरको फलामे डण्डीको माग र प्रयोग बढ्दो क्रममा रहेको र फि ५००डी डण्डी भूकम्प प्रतिरोधात्मक हुने जनाएको छ । कम्पनीका अनुसार यस्तो डण्डी प्राईम बिलेटबाट मात्र बन्दछ । जगदम्बा ईन्टरप्राईजेज प्रा.लि.ले जगशक्ति गोल्ड ब्राण्डमा फि ५०० डी डण्डीको उत्पादन एवं बिक्री बितरण गर्दै आएको छ ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरको चोर्नीमा रहेको जगदम्बा ईन्टरप्राईजेज प्रा.लिले जि.आई.पाईप, व्ल्याक पाईप, त्यूबुलार र पोल, हाईमाष्ट पोल, फेव्रिकेशन तथा अन्य बिभिन्न किसिमका फलामजन्य वस्तुहरुको उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्