‘आइएमई पे’ बाट विल भुक्तानीमा छुट


काठमाडाैँ । डिजिटल वालेट ‘आइएमई पे’ ले हालै सार्वजनिक गरेको ‘विकेट टू विन’ अभियान अन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९  देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत  सेवाग्राहीले इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे मार्फत् गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्न सेवाग्राहीले पानी को बिल भुक्तानी  गर्ने गर्दा‘WATER’ प्रोमो कोड राख्न पर्नेछ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘INTERNET’ प्रोमो कोड राख्नु पर्नेछ।

अफर अन्तर्गत  सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएकाे छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गरिरहेकाे छ।