डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा


काठमाडौँ । पोखराको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।

ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक वन्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन सकिनेछ । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा कम्पनीले विश्वास लिएको छ ।