नेपालमा वीवाईडी डल्फिनकाे बिक्री शुरू, मूल्य ३९ लाख ८० हजार


काठमाडौं । चिनियाँ इलेक्ट्रीक कार उत्पादक कम्पनी वीवाईडीकाे पछिल्लाे उत्पादन वीवाईडी डल्फिनकाे नेपालमा विक्री शुरू भएकाे छ।

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकका ब्राण्ड एम्ब्यासडर हरिवंश आचार्य समेतकाे उपस्थितिमा साेमवार काठमाडाैँ नक्सालस्थित शोरुबाट बिक्री सुरुवात गरिएकाे हाे ।

कम्पनीले नेपालमा डल्फिनको बिक्री मूल्य ३९ लाख ८० हजार ताेकेकाे छ। सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने ह्याचब्याक सेग्मेन्टकाे डल्फिनमा ४४.९ किलोवाट आवर ब्याट्री जडित छ।

डल्फिनले ६० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपाेर्ट गर्ने कम्पनीले जानकारी दिएकाे छ। कारलाइ ७ किलोवाटको एसी चार्जरले घरायसी बिजुलीबाट चार्ज गर्न सकिने बताइएकाे छ।