सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शो को लागि बिशेष छुट


काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो ।

यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्ने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरूमा लागू हुने जनाइएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुने उल्लेख गरिएको छ ।

नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।