रोयल इनफिल्डको नयाँ सोरुम टेकुमा


काठमाडौँ । रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि अधिकारिक बिक्रेता अल्फा अटोमोटिभले काठमाडौँकाे टेकुमा सोरुम सञ्चालनमा ल्याएको छ।

काठमाडौँको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै कम्पनीका अत्याधुनिक दुईवटा सोरुम सञ्चालनमा छन्।रोयल इनफिल्ड मोटरसाइकल सोरुम ‘वाइकर्स होम’को अवधारणामा निर्माण गरिएको छ।

सोरुमबाट बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्टस् बिक्री तथा बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको छ।

रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ।

अल्फा अटोमोटिभले आफ्नो एवम् डिलर समेत गरी कम्पनी मापदण्डका हाल १८ वटा (टेकु, नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान , इटहरी, बिर्तामोड, दमक, टाडी, सुर्खेत, भक्तपुर, राजविराज, जनकपुर, हेटौँडा, नारायणगढ, दाङ र नेपालगञ्ज) सोरुम सञ्चालन गरिरहेको छ।

थप तीन वटा (वीरगञ्ज, विराटनगर र धनगढी)सञ्चालनमा ल्याउने कम्पनीको भनाइ छ।

उक्त तीन वटा सोरुम सञ्चालनमा ल्याएर कुल २१ वटा सोरुमबाट बाइक बिक्री, गियर एवम् जेनविन एसेसरिज, स्पेयर पार्टस् र सर्भिसिङ लगायतका सेवा प्रदान गर्ने कम्पनीले बताएको छ।