नेपालगञ्जमा आईसर ग्राहक भेला सम्पन्न


काठमाडौँ । बतास एमएडब्लुले बाँकेको नेपालगञ्जमा आइसर गाडिको मोडल ३०१५ जे एचएसडी खरिदकर्ता ग्राहकहरुको भेला सम्पन्न गरेको छ।

भेलामा उपस्थित ५० भन्दा बढी ग्राहकलाई आइसरको यो गाडिको आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे जानकारी गराइएको थियो।

भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका लगायतका विषयमा जानकारी लिन पाएकोमा खुशी व्यक्त गरेका थिए।

बतास एमएडब्लुका प्रडक्ट  म्यानेजर ठाकुर कुमार गाहले भने, “नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौं, सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ ।”

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जे एचएसडी बाट तुलात्मक रूपमा ५ देखि ८ प्रतिशत अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा आरामका लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको जानकारी दिए।

यो गाडिले २७ प्रतिशत उकालोमा सजिलै १०।३ टन भार बहन गर्न सक्ने भएकाले उपभोक्ता सन्तुष्ट रहेको गाहले बताए ।