एनआइसी एशिया बैंकले गर्यो लाभांस घोषणा


कामठाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले मुनाफाको ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।