कनेक्ट आइपिएसको ‘रिफर अ फ्रेण्ड’ अफर


काठमाण्डौं । कनेक्ट आइपिएसले रिफर अ फ्रेण्ड अफर ल्याएको छ । रिफर अ फ्रेण्ड अफर अन्तर्गत कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपिएसमा रजिष्टर हुनको लागि रिफर गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत २०८० भाद्र १७ गते देखि मंसिर १६ गतेसम्म रिफरी (नयाँ रजिष्टर हुने) ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफरर (रिफर गर्ने) ले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने जनाइएको छ ।

अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल कोड दिनुपर्ने उल्लेख गरिएको छ । कम्पनीका अनुसार रिफरीले भने कनेक्ट आइपिएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात रिफररले २५ रुपैयाँ आफ्नो बैंक खातामा र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने जनाइएको छ ।