सूर्य कुण्ड हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त


काठमाडौँ । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।