चिकित्सक कुटिएको विरोधमा देशभरका स्वास्थ्य संस्था ठप्प


काठमाडौं । हेटौंडाको सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएका छन् । दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको हो ।

सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ ।

संघले सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको निर्णय गरेको हो । अस्पतालको सेवा ठप्प हुँदा उपचारकालागि अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् ।

एक महिनाअघि अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पताल चिकित्सक डा विकास थापा र डा प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।