नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगित


काठमाडौँ। ‘नेपाल ब्लकचेन कन्क्लेभ २०२३’ स्थगित भएको छ । नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबिच अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले २०८० भदौ ३१ गते हुने गरी तयारी गरिएको थियो ।

नेपाल ब्लकचेन कन्क्लेभ अप्रत्याशित परिस्थितिका कारण क्यान महासंघका पदाधिकारीको निर्णय अनुसार अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको जनाइएको छ ।