काठमाडौँ । पेन्ट तथा डेकोर कम्पनी एशियन पेन्ट्स नेपालले गठ्ठाघर, काठमाडौंमा रहेको अपूर्व इन्टरनेशनल प्रा.लि.मा आफ्नो मल्टी क्याटेगोरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ संचालनमा ल्याएको छ ।
‘एशियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकहरुलाई अत्याधुनिक प्राविधिकीय एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको जनाएको छ ।स्टोरको उद्घाटन एशियन पेन्ट्स लि.का प्रबन्ध निर्देशक तथा सिइओ अमित सिंगलले गरेका छन् ।
यो शोरुममा फेब्रिक्स र वाल पेपरहरुदेखि सर्वश्रेष्ठ इन्जिनियरिंङ्गका बाथरुम फिटिङहरु र स्यानिटरी सामग्रीहरु, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरु, एवं अग्रगामी प्रविधिहरुको व्यवस्थापन रहेको उल्लेख गरिएको छ ।
उद्घाटन समारोहमा अमित सिंगलले भने,“नेपाल तीव्र गतिमा बढ्दो बजार हो, जहाँ ग्राहकहरुले लक्जरी होम डेकोर उत्पादनहरु, विधिहरु र प्रोत्साहन खोजीरहेका छन् र ग्राहकहरुको यो बढ्दो चाहनालाई सम्बोधन गर्न हामीले ग्राहकहरुको भावना र तिनको घरहरुसंगको गहिरो सम्बन्धलाई सम्मान गर्दै एउटै छाना मुनी सबै प्रकारका होम डेकोर सामानहरु उपलब्ध गराउने चेष्टा गरेका छौं ।”
प्रतिक्रिया दिनुहोस्