साउनमा मोबाइल बैंकिङबाट २ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको कारोबार


काठमाडौँ । २०८० साउनमा मोबाइल बैंकिङबाट २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ३ करोड १२ लाख ८१ हजार ५४६ पटक कारोबार भएको छ भने मोबाइल बैंकिङ्का ग्राहकको संख्या २०८० साउन महिनामा २ करोड १६ लाख ९१ हजार ४७४ पुगेको छ ।

२०७९ साउन महिनामा २ करोड १८ हजार १५८ पटकमा १ खर्ब ५२ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । २०७९ साउनमा मोबाइल बैंकिङ ग्राहकको १ करोड ८६ लाख ४३ हजार ८५४ रहेको थियो ।

यस्तै, मोबाइल वालेटबाट २१ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबर कारोबार भएको छ । २०८० साउनमा २ करोड २२ लाख ५ हजार ९४७ पटक कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८० साउनमा वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ९५ लाख ४० हजार ३०५ रहेको छ । २०७९ साउनमा यो संख्या १ करोड ४० लाख ९४ हजार ६२२ रहेका थिए भने १७ अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबारको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।