यामाहको चाडपर्व लक्षित योजना सार्वजनिक, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमणको सुविधा


काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले चाडपर्व लक्षित ‘यामाहा फेस्टिभ सेलिब्रेशन विथ् रोडिज पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

दशैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउने योजना सहित यामाह मोटरसाइकल र स्कुटर मार्फत स्पोर्टीनेस्, स्टाइल र एक्साइटमेन्ट उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ योजना अन्तर्गत यामाहाको कुनैपनि स्कुटर खरिद गर्दा ६ हजारदेखि १ लाख रूपैयाँसम्मको र बाइक खरिद गर्दा ८ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्मको स्युर–सट क्यासब्याक, लक्की ड्र मार्फत दैनिक यामाहा राइडिङ ज्याकेट, आईफोन १४ को साप्ताहिक उपहार र प्रत्येक महिना भाग्यशाली विजेताले जापान जाने मौका पाउन सक्ने कम्पनीले बताएको छ ।

एमएडब्लू टु ह्विलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले चाडपर्वको सिजनमा कम्पनीले हरेक राइडलाई असाधारण बनाउन र ग्राहकका जीवनमा जादुको स्पर्श थप्ने लक्ष्य राखेका बताए ।

यो अफर यामाहाका सबै बाइक र स्कुटरहरूमा लागू हुने र देश भर रहेका यामाहाका सबै शोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ योजनाले नेपालभर चाडपर्वको उत्साहलाई अझै हर्षमय बनाउने विश्वास कम्पनीको छ ।