हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड


काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । मागभन्दा १२.८७ गुणा बढि आवेदन परेको थियो ।

आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार २८२ जना लगानीकर्ताहरूको आवेदन रद्द भएपछि १२ लाख ६७ हजार ७०९ जना लगानीकर्ताहरूलाई बाँडफाँडमा सहभागी गराइएको थियो ।

जसमध्ये गोलाप्रथाबाट बाँडफाँड गरिएको आइपीओ १ लाख २१ हजार ३८७ जना लगानीकर्ताहरूले २० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको थियो ।