मंगलबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं । सोमबार झिनो अंकले घटेका नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक २.४३ अंकले बढेर ३८१.१७ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये होटल तथा पर्यटन र टे«ेडिङको सेयरमूल्य घटेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

मंगलबार शुभम पावर, थ्रि स्टर हाइड्रोपावर, मेनचियम हाइड्रोपावर, बलेफि हाइड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर कम्पनी र राप्ती हाइड्रो एण्ड जेनेरल कन्ीट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९८ प्रतिशत, ९.८० प्रतिशत, ९.७९ प्रतिशत, ९.५६ प्रतिशत र ९.२०प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन इमर्जिङ नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ८ प्रतिशतले घटेको ।

कुल २७२ कम्पनीको ४३ लाख ३६ हजार ५ सय ८३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७ सय ५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।