होण्डाको इलिभेट कार अब नेपालमा, कति छ बजार मूल्य ?


काठमाडौँ । नेपालमा होन्डा कारको लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले हिजाे (मंगलबार) ललितपुरको धोविघाटस्थित होन्डा शोरुममा होन्डा एलिभेट आगमनको घोषणा गरेको छ । जसले अटोमोबाइलको दुनियाँमा एउटा उल्लेखनीय अध्याय थपिएको कम्पनीले जनाएकाे छ ।

होन्डा नेपालले पहिलो १० ग्राहकका लागि नगद छुट र थप रु। ७५,००० छुट साथै निःशुल्क सेवासहितको आकर्षक अफर ल्याएको छ ।

होन्डा एलिभेटमा यसको विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पहरूद्वारा हाइलाइट गरिएको डिजाइन छ, जसले गर्दा यो सडकमा फरक देखिन्छ ।

भित्री रूपमा यसमा खैरो र कालो रंग गरी दुई–टोनको विलासीता झल्किन्छ । भित्री भागले उत्कृष्ट सिटमा आराम प्रदान गर्छ भने विशाल पछाडिको केबिनले यात्रुहरूको लागि पर्याप्त सुविधायुक्त बस्ने ठाउँ प्रदान गर्दछ ।

यस्ताे छ हाेन्डा एलिभेटको विभिन्न भेरियन्टको मूल्य :

१।५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध होन्डा इलिभेट एसभीएमटीको मूल्य ५६ लाख ३५ हजार रूपैयाँबाट सुरु हुन्छ। यसको इलिभेट भीएमटीको मूल्य ६० लाख ३५ हजार रूपैयाँ पर्छ।

यस्तै इलिभेट भीएक्सएमटीको सुरुवाती मूल्य ६६ लाख ९५ हजार रूपैयाँ तोकिएको छ। इलिभेट एडएक्सएमटीको सुरुवाती मूल्य ७३ लाख ४४ हजार रूपैयाँ छ। इलिभेट भीसीभीटीको सुरुवाती मूल्य ६५ लाख ७० हजार रूपैयाँ छ।

इलिभेट भीएक्ससीभीटीको सुरुवाती मूल्य ७१ लाख ९५ हजार रूपैयाँ तोकिएको छ भने इलिभेट एडएक्ससीभीटीको सुरुवाती मूल्य ७८ लाख ७० हजार रूपैयाँ तोकिएको छ। इलिभेट जेडएक्ससीभीटी (डीटी) को सुरुवाती मूल्य भने ७९ लाख ४४ हजार रूपैयाँ तोकिएको छ।