३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ‘सिटिजन्स बैंक बन्ड–२०८०’ नामक ऋणपत्र जारी गर्न बैंकलाई अनुमति प्रदान गरहेको हो ।

बैंकले यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्नेछ ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्ने बेंकले जनाएको छ ।

यो ऋणपत्र १० वर्षे अवधिको उक्त ऋणपत्रमा लगानीकतार्नले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

सिटिजन्स बैंकले उक्र ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।