शिक्षकहरुकाे आन्दोलनकाे दाेस्राे दिन, यातायात प्रभावित (फाेटाेफिचर)


नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरुले आज दाेस्राे दिन पनि माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका छन् ।

आन्दाेलनरत शिक्षकहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म ढाकेकाे छ । जसका कारण उक्त क्षेत्र आसपासका यातायत प्रभावित भएका छन् । सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन थालेकाे हाे ।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग राखेकाे छ ।

भिडियाे हेर्न लिंकः