टाटा पावर नवीकरणीय उर्जा लिमिटेड र दुगड पावर बिच सहमति


काठमाडौँ । टाटा पावर नवीकरणीय उर्जा लिमिटेड (टीपीआरइएल) दुगड ग्रुपकोे भगिनी कम्पनी दुगड पावर प्रा.लि.सँग सहकार्य हुने भएको छ ।

नेपालमा विकास भइरहेको नवीकरणीय उर्जाको विकासमा टीपीआरइएलको रणनैतिक प्रवेशलाई यस सहमतिले बढावा दिने र दीगो विकासमा नेपालले चालेको कदमलाई मात्रात्मक रुपमा बढाउन यसले एउटा आधार तयार गर्ने जनाइएको छ । भारतको पावर कम्पनीहरु मध्ये सबैभन्दा ठूलो टाटा पावरको एउटा भगिनी कम्पनी टीटीआरइएल हो ।

यस एकताले दुगड पावरलाई नेपालमा सुरुदेखि अन्त्यसम्मको दीगो उर्जा उत्पादनमा कोशेढुँगा बन्नमा मद्दत गर्ने कम्पनीले जनाएको छ । यो साझेदारी खुला बन्दा ग्रीड उर्जा समाधानको सौर्य प्रविधिको रुपान्तरणका लागि उल्लेख गरेको छ ।

कम्पनीका अनुसार यो सहमति नेपालमा आवश्यकरहेको विविध प्रकारको उर्जा आवश्यकता समाधानको लागि १ किलोवाट देखि मेगावाट सम्मको हो । सेल्स, तथा मोडुल्स, इन्जिनियििरङ्ग, खरिद, र निर्माण लगायत नेपाल भित्र हुने कार्य संचालन र मर्मत सुधारमा टीटीआरइएलले प्रदान गर्ने सेवाको विविधिकरणको लागि यसले नयाँ क्षितिजको ढोका खोल्ने जनाइएको छ ।

टाटा पावर नवीकरणीय उर्जा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष खन्नाले भने,“दुगड पावर सँगको यो साझेदारी नेपालको उर्जाको क्षेत्रको इन्जिनियरिङ्गलाई पुनपरिभाषित गर्ने रणनैतिक एकता हो । जब हामी नेपालको उर्जाको सम्भाब्य बजार भित्र प्रवेश गर्दछौं, एउटा परिवर्तनशील प्रभाव रहोस भन्ने हामी चाहन्छौं । दुवै कम्पनीहरु सँग रहेका श्रोतहरु र विज्ञताको एकताले यस क्षेत्रमा दीगो उर्जाको खपतमा रहेको प्रणालीमा नयाँ परिस्थिति सिर्जना गर्नेछ भन्नेमा हामी आशावादी छौं ।”

दुगड पावर प्रा.लि.का ब्यवस्थापकीय निर्देशक अभिशेक दुगडले भने,“टाटा पावर नवीकरणीय उर्जा लिमिटेडसँगको हाम्रो सहकार्य नेपालको उर्जाको क्षेत्रको आवश्यकतालाई दीर्घकालीन, आत्म निर्भर र नवीकरणीय बनाउने रणनैतिक एकता हो । आर्थिक विषयमा हाम्रा साझा सरोकार पनि छन् । नेपालको हरेक कुनामा स्वच्छ उर्जा पुर्याउने कुरामा हामी प्रतिवद्ध छौं । नेपालको दीगो उर्जाको भविष्यलाई थप मद्दत गर्ने हाम्रो प्रतिवद्धतालाई उजागर गर्ने दस्तावेज यो साझेदारी हो ।

टाटा पावर नवीकरणीय उर्जा लिमिटेड नवीकरणीय उर्जा क्षेत्रको नेतृत्वदायी खेलाडी हो जसले विश्वभरि नै ३ जीडब्लु भन्दा बढीको सेल र मोडुल बेचेको कम्पनीले जनाएको छ । ३.४ मेगावाटको नेदरल्याण्डमा, ३.३७६ मेगावाटको अमेरिकामा जस्ता कम्पनीले ठूला र बहुमापनका कम्पनीहरु लाई उर्जा दिएको कम्पनीले उल्लेख गरेको छ ।