सिटिजन्स बैंकले असोज २६ मा डाक्यो साधारणसभा


काठमाडौँ । सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले आफ्नो सत्रौँ वार्षिक साधारण सभामा विभिन्न प्रस्तावहरु राखेको छ ।

जसमध्ये आर्थिक वर्ष२०७९ ८० को मुनाफाबाट लाभासं पारित गर्ने प्रस्ताव रहेको छ । बैंकले आर्थिक वर्ष २०७९ ८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

यस्तै विशेष प्रस्तावमा सिटिजन्स बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न वा प्राप्ति एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्त्व तथा कारोवारको मूल्याङ्कन गर्न राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने जनाएको छ ।

बैंकले असोज १५ गते बुक क्लोजको मिति तय गरेको छ ।