सिटिजन्स बैंक र सूर्या हेल्थ केयर बिच समझदारी


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित सूर्या हेल्थ केयर बिच सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका ग्राहकहरूले सूर्या हेल्थ केयरमा छुट पाउनेछन् ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्या हेल्थ केयरमा १५% सम्मको छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याइरहेको छ ।

सिटिजन्स बैंकले आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।