लाभांश पारित गर्ने एजेण्डा सहित सानिमा बैंकले बोलायो साधारण सभा


काठमाडौं । सानिमा बैंकले यहि कात्तिक २ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले चाडवाडको मुखमा आफ्ना सेयरधनीलाई लाभांश बाड्ने योजना सहित साधारण सभा बोलाएको छ ।

कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेगरी बैंकको १९ औं साधारण सभा बालाईएको हो ।

बैंक सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सभामा बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाले पारित गर्ने एजेन्डा रहेको ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने बैंकले जनाएको छ ।