नेप्से १८ अंकले बढ्दा, एनआईसी एसीया बैंकको सबैभन्दा धेरै कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक २.५६ अंकले बढेर ३८६.२४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये १२ वटा उपमुहको सेयरमूल्य घटेको छ भने बाँकी १ उपसम्ुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ८३ करोड ४६ लाख ६ हजार २सय २४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा दुईओटा जलविद्यु्त् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । मेन्छियाम हाइडोपावर र मनकामना इन्जिनियरिङ हाइडोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ ।

कुल २८६ कम्पनीको ८७ लाख ४ हजार ४ सय ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख ९ हजार ५ सय १८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।