माछापुच्छ्रे बैंक र ओम हस्पिटलबिच सम्झौता, कर्मचारी र ग्राहकले छुट पाउने


काठमाडौँ । ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र माछापुच्छ्रे बैंकबिच सम्झौता भएको छ । सम्झौता अनुसार ओम हस्पिटलको सेवा सुविधामा माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने जनाइएको छ ।

सम्झौता पत्रमा ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ओम हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापीलगायतमा विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

माछापुच्छ्रे बैंकले देशभरका १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ इकाइ, ७ प्रादेशिक कार्यालय, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।